‘बाह्रमासे’को शुभारम्भ

Posted on: November 19, 2017 | views: 261

काठमाडौं । चलचित्र ‘बाह्रमासे’को छायांकन शुरु भएको छ । बिहिबार काभ्रेको नालामा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा मुहुर्तसँगै चलचित्रको छायाँकन सुरु भएको हो ।
प्रदिप पाठकले निर्माण गर्न लागेका यो चलचित्रको निर्देशन लय संग्रौलाले गर्दैछन् । बासु न्यौपानेको छायाँकन रहेको यो चलचित्रमा किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वाँरको नृत्य, पैसा घिमिरेको श्रृगार रहेको बताइएको छ ।
सुदिप कुँवरको सहनिर्देशन रहने यो चलचित्रमा जयकिसन बस्नेत, पुजना प्रधान, दिलिप रायमाझी, पुरन थापा, प्रदीप पाठक, वल्छी धुर्वे, सीपी पुडासैनी, सुरविर पंडित, रोमा विष्ट, शारदा गिरी, सुनिल सैजु, मोहन वझगाई, पर्दिप तिमिलसेना, विपन कार्की, आसिस शर्मालगायतका कलाकारले अभिनय गर्ने बताइएको छ ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com