लिटिल वल्र्ड स्कुलमा ‘प्रतिभाको आँगन’, वितिका भईन् प्रथम

Posted on: January 26, 2018 | views: 624

भक्तपुर– जिल्लामा अवस्थित लिटिल वल्र्ड इङ्लीस स्कुल दुधपाटीमा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययरत विद्यार्थीहरुका बीचमा ‘प्रतिभाको आँगन’ कार्यक्रम सम्मन्न भएको छ । पहिलो अडिसनमा ४० जना प्रतियोगीहरुले सहभागीता जनाएकोमा सेमीफाइनल राउण्डमा २७ जना प्रतियोगी छनौट भएका थिए । 

एनटिभि प्लसबाट हरेक सोमबार राती ९ः३० बजे प्रशारण हुने कार्यक्रम ‘प्रतिभाको आँगन’ को टोली विद्यालयमा पुगी बालबालिकाको प्रतिभा उजागर गर्नु निकै महत्वपूर्ण कार्य भएको र हरेक  विद्यालयहरुमा यस किसिमको ट्यालेन्ट शो गर्न सके विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गराउन सहयोग मिल्ने लिटिल वल्र्ड इङ्लीस स्कुलका प्रिन्सिपल रुपेन्द्र पोखरेलले बताए । 


प्रतिभा प्रस्फुटनका क्रममा नृत्य प्रस्तुत गर्दै विद्यालयकी छात्रा रिनाशा खड्का (भिडियो)

शुक्रबार नै भएको फाइनल राउण्डका लागि छनौट भएका १३ प्रतियोगीहरुमध्ये उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा वितिका श्रेष्ठले प्रथम स्थान हासिल गरिन । त्यसैगरी कक्षा पाँच र छ मा अध्ययनरत विद्यार्थी प्रितिसा के.सी. र सोनु खत्रीले क्रमश द्वितीय र तृतीय स्थान हासिल गरे । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष प्रदिप श्रेष्ठ र नृत्य निर्देशक सङ्घ भक्तपुर शाखाका अध्यक्ष द्वारिका अधिकारी थिए । 


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com