लेट मि इन मिसेस व्यूटी क्वीनका विजेताहरुले गरे मलेसियाको भ्रमण (फोटो फिचर)

Posted on: January 30, 2018 | views: 228

काठमाडौं– सिजन मिडियाद्धारा पहिलोपटक बिवाहीता महिलाहरुको लागि आयोजना गरिएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’मा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको पाँचदिने भ्रमण सफल पारी नेपाल फर्किएका छन् । 

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिप राज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दिपीका राय, विष्णुमाया पौड्याल, कृष्टी बानियाँ क्षेत्री, ईश्वरी श्रेष्ठ तामाङ र अम्वीका थापासहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्द्रीक छालमा पौडीको अनुभव गराएका छन् । 

त्यहाँ पुगेका विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुती दिएका थिए । भ्रमण आयोजकले विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पर्न गरि नेपाल फर्किसकेका छन् । 


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com