केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on: March 05, 2018 | views: 151

काठमाडौं– कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतमा स्वर भरेका छन् ।

गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन्। निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलाई देख्न सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भएपनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन् । उनको म्यूजिक भिडियो रिलिज हुनुअघि नै विशेष चर्चामा रहेको थियो । सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको थियो ।  

एजुकेशन पार्कले प्रायोजन गरेका म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो–



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com