कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ (भिडियो सहित)

Posted on: May 08, 2018 | views: 254

काठमाण्डौं– नेपाली चलचित्र उद्योगमा दिन प्रतिदिन नयाँ–नयाँ कलाकारहरुको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममासमेत नयाँ कलाकारहरुले अभिनया गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगैै विश्व साँघुरिएको छ । नेपालकामा पनि एक दशकदेखि सञ्चारको बिकासले तिव्रता लिएको छ दर्जनौ टेलिभिजन र सञ्चारमाध्यम स्थापना भएका छन् भने योसँग नयाँ–नयाँ चलचित्र, बृत्तचित्र, म्युजिक भिडियो निर्माणले पनि तीव्रता पाएको छ । जसको कारण कुना कन्दरामा रहेका ब्यक्तिहरुले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । यसले नयाँ कलाकारहरु जन्माउँदैछ । 

यस चलचित्रमा अभिनय गरेका कलाकाहरुले यतिबेला म्युजिक भिडियो तथा नेपाली चलचित्रमा अभिनयमा समेत मौका पाएका छन् । पछिल्लो सयम सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याईदिएको छ । पछिल्लो समय युवटुवमार्फत प्रशारण भएको ‘च्युर्लुङ झ्याईं’ नामक धारावाहिक हास्य टेलिचलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ कलाकारहरु लिएर उनीहरुलाई चलचित्र उद्योगमा स्थापित गराउने प्रयाश गरिरहेको छ । 

समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उद्देश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । सात एपिसोडसम्म प्रशारण भईससकको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिने निर्देशक तेन्जी लामाले जानकारी दिए ।  

ललितपुर जिल्ला गोदाबरी नगरपालिका ६ काफ्लडाडामा छायाङ्कन गरिएको सो सिरयलका कारण त्यस क्षेत्रको प्रचार–प्रचारमा पनि सहयोग पुगेको स्थानीयबासी बताउँछन् । भविष्यमा राष्ट्रिय प्रसारणका टेलिभिजनमा प्रसारण गर्ने उद्देश्यसहित मेहनतका साथ काम भईरेहेको टेलिचलचित्रका कलाकार दियाना राईले जानकारी दिईन् । 


नेपाली चलचित्रको समेत छायाङ्कन गरिसकेका रामेश्वर जिरेलको छायाङ्कनमा निर्माण भएको सो सिरयलमा सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), तेन्जी लामा (पासा), राजु श्रेष्ठ (घोप्टे), दियाना राई (पूर्णीमा), टिना मगर (डल्ली), राजबंम ठकुरी (देब्रे) रहेना राई (राम साईली), श्रीपाल मानान्धर (बाल कलाकार) रजिना मर्हजनलगायतको अभिनय रहेको छ । 

अहिले निर्माण भएका टेलिचलचित्रको ट्रेण्डभन्दा फरक तरिकाले स्तरीयतालाई समेत ध्यानमा राखेर समय सापेक्ष रुपमा निरन्तर निर्माण गर्ने लक्ष्य रहेको निर्देशक तेन्जी लामाले जानकारी दिए । नेपाली चलचित्र उद्योगलाई माया गर्ने प्रतिभावान युवा जमातको समूहले हास्य रसमा आधारित यो टेलिफिल्म निर्माणमा जुटेको हो । सो टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com