‘सगरमाथा म्युजिक अवार्ड २०७५’ ५१ बिधामा प्रदान गरिने

Posted on: June 19, 2018 | views: 153

काठमाडौं– ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदैछ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पहिलो पटक हुने लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ५१ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने आयोजक रेस्पोन्सिभ मिडियाले जनाएको छ ।  

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com