‘दाईको विहेमा जन्ति जाने हो’

Posted on: July 09, 2018 | views: 528

काठमाडौं– गायिका निशु ढकालले फेरि अर्को गीत बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गीत उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गीतसँगै म्युजिक भिडियो पनि बजारमा ल्याएकी हुन् । विवाहलाई लक्षित गरेर बजारमा ल्याइएको सो गीत धेरैले रुचाएका छन् ।

 

झापा बुद्धशान्तिकी गायिका निशुले म्युजिक भिडियोमा पनि सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत गरेकी छिन् । नविनकुमार तिम्सिनाको लिरिक्स, म्युजिक र एरेन्जमा रहेको सो गीत विवाह लक्षित गीत हो । सो गीतले अब धेरैका विवाहमा स्थान पाउने छ । सो डान्सिङ गीतमा क्यामेरा सुनिल साहीको रहेको छ भने मोडलहरुमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपस्या प्रसाईं, कृति पौड्याल र मनिषा चौलगाई देखिएका छन् । अनिल वाग्लेबाट

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com