मिस कोच मेघालयको उपाधि हालोलिनलाई

Posted on: October 09, 2018 | views: 40

झापा– मिस कोच मेघालयको उपाधि हालोलिन कोच सदापले हात पारेकी छिन् । झापा मिडिया हाउसको आयोजनामा मेघालयको तुरास्थित होटल रिक्मानमा भएको मिस कोच इन्टरनेशनलको मेघालय अडिसन अन्तर्गत भएको प्रतियोगितामा उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । त्यस्तै प्रतियोगिताको फस्र्ट रनर अप कृति कोच भइन् भने सेकेण्ड रनर अप सगोरिका कोच घोषित भइन् । विजेता प्रतियोगीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ । 

यसअघि मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनोट भएका थिए । झापा मिडिया हाउसको आयोजनामा भएको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनोट भएर प्रतिस्पर्धामा उत्रिएका थिए । 


छनोट हुनेहरूमा अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा कोच, हारोलिन कोच सदाप, चन्दना कोच, बुलबुली कोच, कृति कोच, पार्वती कोच, सागोरिका कोच थिए । उनीहरूलाई प्रोफेसर सुजता गुरुदेव, शिक्षक कौशल्या कोच, मेघालय कोच एसोसिएसनका पूर्व महासचिव बरुण कोच र मेघालय दुरदर्शन टेलिभिजनका स्टेशन डाइरेक्टर कमलेश्वर कोच रहेको निर्णायक टोलीले छनोट गरेको थियो । 

विभिन्न अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको र उनीहरूबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइएको झापा मिडिया हाउसका सीइओ योगेश राजवंशीले बताए । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com