युमा कल्चरल अवार्ड पाएपछि लक्ष्मीको व्यस्तता

Posted on: September 21, 2016 | views: 497

गाउँको साधारण परिवारमा जन्मिएकी लक्ष्मी योङ्हाङ्ग, मिस लिम्बु २०१५ को युमा कल्चरल अवार्ड पाएपछि निक्कै चर्चामा छिन । हुन त उनी गाउँकै साधारण सरकारी स्कुलमा अध्ययन गरेपनि ऊनीभित्रको कला र कलाकारितालाई कसैले छेक्न सकेन्न । केही वर्षयता कला क्षेत्रमा साधनारत लक्ष्मी विशेषगरी हिजोआज मोडलिङ, नृत्य तथा गायनमा रुचि भएकोले त्यतै बढी ब्यस्त देखिन्छिन ।


गायक स्वरुपराज आचार्यको ‘सधैं आँशु’ र जगत रानामगरको ‘टुहुरो’ बोल गीतको भिडियोमा अभिनय गरेपछि लक्ष्मी नेपाली मोडलिङको मूलधारमा आएकी हुन् । अहिले विभिन्न फेसन सो मा समेत भेट्न् सकिन्छ उनलाई । हुन त यसका अलावा थुप्रै लिम्बू भाषाका गीतमा मोडलिङ गरिसकेकी लक्ष्मीले भनिन्, ‘मेरो रुचि भनेकै मोडलिङ हो । आफुले सोचेजस्तो र परिस्थिति सुहाउँदो  विषयवस्तु भएको फिल्मका लागि प्रस्ताव आयो भने अभिनय पनि गर्ने सोच रहेको उनी बताउछिन् ।’


पाँचथरको पौवासार्ताप–८ मा जन्मिएकी लक्ष्मी हाल काठमाडौको महाराजगन्जमा बसोबास गर्छिन् । 


लक्ष्मी  युथ पल्स नेपाल प्रा.लि चाबहिल काठमाडौमा लेखापालको रूपमा रहि सामाजिक कार्य गर्दै आएकी छिन । पाथीभरा बोडिङ स्कुल राँके र श्री पन्चामृत प्राथमिक बिद्यालय पौवासारताप पाँचथरमा समेत शिक्षण पेशा अङालेर कार्य गरिसकेकी लक्ष्मीको शिक्षा भने बीएडसम्म रहेको छ । राम्रो तृत्य कलासमेत भएकी लक्ष्मी भविष्यमा राम्रो कलाकार भएर समाज सेवा गर्ने धोको रहेको बताउँछिन ।


‘कला क्षेत्रमार्फत आफ्नो लिम्बू भेषभूषा, संस्कार तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्य लिएर  यो पेशामा अघि बढेको बताउने लक्ष्मीको पेशा भने ब्यापार र समाजसेवा रहेको छ। लक्ष्मीका बुबा २०६९ सालमा स्वर्गीय भइसकेका छन् । 

जोसुकैसंग हाँसेर बोल्ने घमण्ड नगर्ने नम्र स्वभावकी लक्ष्मीको रुचि भने साइकिलिङ, र्‍याफ्टिङ, गायन र नृत्य रहेको बताउँछिन् । राजकुमार खड्गाबाट


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com