एउटी गोठाली यसरी बनिन् चिज उद्योगको मालिक ! (फोटो फिचरसहित)

Posted on: August 14, 2016 | views: 858

काठमाडौं । हिमालकी रानी भनेर कसलाई चिनिन्छ भन्ने प्रश्न ग¥यो भने धेरैको जवाफमा चर्चित नेपाली पर्वतारोही पासाङल्हामु शेर्पाको नाम अगाडि आउँछ । तर, नेपाली कथानक चलचित्र ‘हिमालकी रानी’ मा भने शान्ता कुमारी तामाङको नाम अग्रपङ्तिमा छ । किनभने उनै शान्ता चौरी गोठालोदेखि चिज उद्योगको मालिकसम्म भएकी छिन् । लेकमा चौँरी डुलाउने एउटा सामान्य गोठाली कसरी चिज उद्योगको मालि बन्न पुगिन त ? वास्तवमा हिमालीको जीवन सधैँ गोठालो नै गोठालो हुन्छ त ? यिनै प्रश्नहरूको उत्तर खोज्दै निर्देशक रोशन फ्युवा र उनका साथीहरूले हिमाली जनजीवन र परिवेशमै पुगेर छायाङ्कन गरी चलचित्र ‘हिमालकी रानी’को निर्माण गरेका छन् ।
Himal ki rani (4)चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने समूदायको समग्र प्रतिनिधित्वस्वरूप उनीहरूको जीवनस्तर, लवाईखवाई, रहनसहन र मायाप्रितीसँग जोडिएका विविध पक्षहरूलाई समेटिएको छ । जसले मिहिनेत ग¥यो भने बालुवाबाट पनि तेल निकाल्न सकिन्छ भन्ने सन्देश दिने व्यवसायीसमेत रहेका कलाकार तथा निर्माण समूहका प्रदिप फ्युवाले जानकारी दिएका छन् । चलचित्रमा समावेश गरिएका सम्पूर्ण दृश्य वास्तविक भएको दाबी गर्दै उनले भने– ‘हामीले यो चलचित्रमा अभिनय भन्दा पनि वास्तविकता उतार्न खोजेका छौँ ।’
करिब ९० प्रतिशत छायाङ्कन सकिएको चलचित्रको बाँकी काम अभिनेता एवम् क्याप्टेन विजय लामाको साथमा काठमाडौंमा हुने बताइएको छ । चलचित्रको ८० प्रतिशत छायाङ्कन भने गणेश हिमालको आसपासमा अवस्थित धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा गरिएको छ । जसले हिमाली भेगमा बसोबास गर्ने तथा त्यहाँबाट दुर्गम गाउँ, हिमालको कुहिरोभित्र लेकबेंशी गर्दै जीवन बिताउनेहरूको कथा छर्लङ्ग हनेछ । त्यस्तै हिमालकी एक चेलीको यथार्थ कथालाई चलचित्रले केन्द्रभागमा राखेको बताइएको छ ।
रोशन फ्युबा तामाङद्वारा निर्देशित चलचित्रलाई ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि.ले प्रस्तुत गर्ने भएको छ । आउँदो दशैंको सेरोफेरोमा नेपालका सबै हलहरूमा रिलिज गर्ने तयारी गरिएको चलचित्रलाई विदेशमा पनि रिलिज गरिने भएको छ । चलचित्रमा स्थानीय कलाकारहरू प्रदिप फ्युबा, शान्ताकुमारी तामाङ (फस्र्ट रनर अफ मिसेस आइकन २०१५), प्रकाश वाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, मिग्मार घले (स्योप्ता), कान्छा लामा, गोम्बो तामाङ, गा घले जयवीर तामाङ र महेन्द्र तामाङलगायतले अभिनय गरेका छन् ।

Himal ki rani (6)
निर्देशक रोशन फ्युबा तामाङको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत चलचित्रमा रहेको छ भने प्रकाश वाईबाले छायाङ्कन गरिरहेका छन् । त्यसैगरी सिङ्ग तामाङकोे नृत्य र महेन्द्र तामाङको द्वन्द्व चलचित्रमा समावेश गरिएको छ । ‘हिमालकी रानी’ प्रस्तुतकर्ता ल्हाप्साङकार्पो समूहको निर्माण रहेको उक्त चलचित्र निर्देशक रोशन फ्युबा तामाङको तेस्रो चलचित्र हो । उनका यसअघिका चलचित्रहरू पनि सफल भएको दाबी गरिएको छ । हिमाली परिवेशलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकहरूको मन जित्ने र विगतका चलचित्रभन्दा राम्रो ब्यापार गर्ने दाबी निर्माण पक्षको छ ।

Himal ki rani (5)Himal ki rani (8)Himal ki rani (7)Himal ki rani (3)Himal ki rani (1)Himal ki rani (2)


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com