टेलि श्रृङ्खलाबाट हराएका धुर्मुस सुन्तली देखिए लखनभाई र लक्षुमनिया अवतारमा

Posted on: October 02, 2016 | views: 497

काठमाडौं, असोज १६ । नेपाल टेलिभिजनबाट प्रशारण हुने विभिन्न हास्य श्रृङ्खला (टेलिफिल्म) हरू केही समय यता बन्द भएका छन् । ति श्रृङ्खलाहरु बन्द भएसँगै त्यससँग आबद्ध रहेका धेरै हास्य कलाकाहरु यतिबेला हराईरहेका छन् । त्यसमध्ये केहीले चलचित्र निर्माण गर्न थालेका छन् केही विज्ञापन तथा स्टेज कार्यक्रमहरुमै व्यस्त रहेका छन् । 

यसैबीच भूकम्पसँगै राहत र उद्धारमा खटिएका मेरी बास्सैका एउटा जोडी धुर्मुस र सुन्तली पनि पछिल्लो समय अर्कै अवतारमा देखिएका छन् । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् । 

समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका धुर्मुस सुन्तलीको बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । युट्युबमा उक्त फिल्म करिब २ लाख पटक हेरिसकिएको छ । ज्योतिपछि धुर्मुस सुन्तलीले मैथिली फिल्म मुन्नी युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सिराहाको लाहानमा छायाँकन भएको मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र त्यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको निर्देशक सिताराम कट्टेलले बताएका छन् । 

फिल्ममा दाइजो दिनुनपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिँदा आइपरेको जोखिमलाई देखाइएको छ । मैथिली भाषाका संवादहरु बोल्न कठिन रहेपनि सकेसम्म राम्रो गर्न खोजेको कुञ्जना घिमिरेले बताएकी छिन् । दीपक आचार्यको कथा रहेको मुन्नीमा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ । 

हेर्नुहोस्, धुर्मुस–सुन्तली अभिनित उक्त मैथिली चलचित्र पुरा भाग–



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com