‘द फेमस’ को टेलर सार्वजनिक

Posted on: October 02, 2016 | views: 657

काठमाडौं, असोज १६ । चलचित्र द फेमसको टेलर सार्वजनिक भएको छ । आगामी कात्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीतलाई सार्वजनिक गरेको थियो । अहिले सार्वजनिक टिजर २० सेकेण्ड लामो छ । जसमा सेन्मिेन्टल लभस्टोरी देखाइएको छ । टिजरमा एनिमेशन गरिएको केही दृश्यहरु देख्न सकिन्छ । सार्वजनिक टिजरमा सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जि आर, सुमन थापा, प्रमोढ खड्का, रश्मी भट्ट र सुरेश चौधरी देखिएका छन् । द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो ।

चलचित्र बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई डबल लभस्टोरी फेमीली ड्रामा भनिएको छ । चलचित्रले बाँकी गीत पोष्टर र प्रोमो केही दिनमै सार्वजनिक गरिने बताईएको छ । अशोक कार्कीले खिचेको फिल्ममा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाद र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com