अर्चनाको जिस्म सेन्सर पास, भारतमा पनि प्रदर्शन हुने

Posted on: August 21, 2016 | views: 573

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘जिस्म’ सेन्सर बोर्डबाट पास भएको छ । फिल्ममा समावेश कुनै पनि सिन नकाटिने गरी सेन्सर बोर्डबाट जीस्मले पास पाएको छ । तर अर्चना पनेरु अभिनित यस फिल्म १६ बर्ष भन्दा मुनिकाले हेर्न नमिल्ने भएको छ । सेन्सर बोर्डले १६ बर्ष भन्दा माथिका लागि मात्र भनेर सर्टिफिकेट दिएको हो ।

फिल्ममा बोलिएका केहि सम्बादहरुमा भने सेन्सर बोर्डले सेन्सर लगाएको छ । भिडियो दृश्यमा सेन्सर नलगाएता पनि बोलिएका सम्बादलाई सच्चाउन लगाएको छ । फिल्ममा बेश्या, चरेश जस्ता शब्दहरुलाई सेन्सर लगाइएको निर्देशक गिरीले बताए ।  

साथै  फिल्म भारतमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी डविङका साथमा भारतका फिल्महलहरुमा पनि फिल्म लाग्ने भएको छ । 

नेपालका लागि हाइलाइटस् नेपाल र भारतको कम्पनी ए के क्रियशनबीच सम्झौता भइ उक्त फिल्म भारतमा समेत हिन्दी भाषामा ड्रविङ गरेर प्रदर्शन गरिने बताइएको छ । 

नेपालमा यहि असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जिस्म भारतमा भने ‘एक जान है हुम’का रुपमा अगस्ट ९ मा प्रदर्शन हुनेछ । 

चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारको अभिनय रहेको छ ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com