‘सुल्तान’ सँगै सलमान बिवादमा

Posted on: August 21, 2016 | views: 510

प्रदर्शनको दिनमै ३६ करोड कमाएर २०१६ को बलिउड रेकर्ड तोडेको फिल्म ‘सुल्तान’ प्रदर्शनमा आए लगत्तै विवादमा पनि परेको छ । रोयल्टीको बिषयलाई लिएर सलमान बिवादमा आएका हुन् । साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेका छन् । फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट प्रेरित भएको दाबी गरेका छन् । साबिर बाबाका अनुसार सलमानले रोयल्टी वापत २० करोड दिने आस्वासन दिएका थिए तर, अहिले रोयल्टीको विषयमा सलमान मौन छन् ।  फिल्म हेरेपछि हुबहु आफ्नो जीबनीसंग मिलेको उनले दाबी गरेका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com