प्रदिप पौडेलसँग नायिका वर्षाले गरिन डेट

Posted on: October 29, 2016 | views: 478

काठमाडौं । नायिका तथा मोडल वर्षा राउतले नयाँ व्यक्तिसँग डेटिङ गएकी छिन् । कात्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ ले गरेको अफर अनुसार उनले महाबौद्ध काठमाण्डौँ बस्दै आएका प्रदिप पौडेलसँग डेटिङ गएकी हुन् । प्रोमोशनका लागि ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर अन्र्तगत प्रदिपले वर्षासँग भेट गर्ने अवसर पाएका थिए । 

प्रदिपसँगको डेटिङबारे बताउँदै वर्षाले भेट हुनु अघि निकै डर लागेको बताएकी छिन् । उनले भनिन्, ‘के–के भन्ने हो भन्ने डर लागिरहेको थियो गफ गर्दै जाँदा मन ढुक्क भयो ।’ विश्वास बढ्दै गएपछि अन्य साथीहरुलाई बाहिर पठाएर खुलेर नै कुराकानी गरेको उनले बताएकी छिन् । 


वर्षासँग डेट जाने अवसर पाएका प्रदिपलाई जात्राले गरेको अफरको आश नै थिएन । उनी भन्छन्, ‘एउटा भाईले उक्त अफरमा सहभागि भएको देखेँ, मैले नी सक्छु  भनेर सहभागिता जनाउँदा यस्तो मौका जुर्यो ।’ सुरुमा फेसबुकमार्फत नै मलाई वर्षासँग डेट जाने अफर तपाईले पाउनुभयो भन्ने सन्देश आउँदा उनलाई विश्वास लागेको थिएन । तर जात्रा चलचित्रको पेजमा नै सार्वजनिक भएपछि चाहिँ खुशी लागेको उनी बताउँछन् । 

आफ्ना मान्छेहरुलाई मात्र यस्ता अफरहरु दिन्छ भन्ने प्रदिपलाई परेको रहेछ । तर, अब जात्रा चलचित्रको यो अफरले मोबाइल र स्कुटर पनि जित्ने आश पलाएको उनले बताएका छन् । 

अझै चलचित्रकी अर्की नायिका प्रेक्षा बज्राचार्य, बिपिन कार्कीलगायतसँग डेट जाने अफरहरु बाँकी नै रहेको निर्माता एवम् कलाकार रबिन्द्रसिंह बानियाँले बताएका छन् । 

‘जात्रा डेट अफर’मा सहभागी बन्नका लागि  JATRA Nepali Film l जात्रा l लिंकमा जानुपर्ने बताइएको छ । 


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com