नागार्जुन कम्युनिकेसनले सम्झियो महाकवि देवकोटालाई

Posted on: November 01, 2016 | views: 457

काठमाडौं, कात्तिक १६ । सितापाइलास्थित नागार्जुन कम्युनिकेसन, स्टेसनरी एण्ड सप्लायर प्रालिले आइतबार १०८औं लक्ष्मीजयन्ती समारोह आयोजना गरेको छ । कार्यक्रममा पूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले नेपाली साहित्यको विकासका लागि संस्थागत प्रयासको खाँचो रहेको बताएका छन् । प्रमुख अतिथि मैनालीले नेपाली साहित्यको विकासमा सामूहिक रुपले संलग्न हुनसके महाकवि देवकोटाप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । 

समारोहमा स्थानीय शिशुनिकुञ्ज उच्च माविका प्राचार्य प्रकाशमान शाहीले नेपाली भाषा र साहित्यको विकासमा देवकोटाको महत्वपूर्ण योगदान रहेको बताए ।  साहित्यकार डा.शिवराज पाण्डेले महाकवि देवकोटाका कालजयी रचनामा स्वच्छन्दतावाद र प्रकृतिको मानवीकरण पाइने उल्लेख गरे ।  लेखक तथा साहित्यकार धीरकुमार श्रेष्ठले देवकोटा नेपाली साहित्यका शिखर पुरुष भएको बताउँदै उनका कृतिको पठनपाठन र प्रचार प्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।  कार्यक्रममा कवि बैरागी जेठा,  रामगोपाल आसुतोष, महेश क्षितिज, रामदेव पाण्डे, कुमार अनल लगायतले आ—आफ्ना रचना वाचन गरेका थिए । 

समारोहमा महाकवि देवकोटाका कृति वाचन गरिनुका साथै उनको प्रतिमामा माल्यार्पण गरिएको थियो ।  नागार्जुन कम्युनिकेसनका सल्लाहकार कवि, समालोचक तथा उपप्राध्यापक महेश पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन माधव अधिकारीले गरेका थिए । माधव अधिकारीबाट


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com