रोज राणाले बनाउने भए ‘मेरो पैसा खोइ’

Posted on: November 02, 2016 | views: 534

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणाले बलिउड निर्देशक विवेक शर्मासँग मिलेर नयाँ नेपाली चलचित्र बनाउने भएका छन् । हिन्दी फिल्म ‘भूतनाथ’ निर्देशनपछि चर्चामा आएका निर्देशक शर्माले राणाको नयाँ फिल्म ‘मेरो पैसा खै’ निर्देशन गर्ने भएका हुन् ।

गत साता राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म ‘मेरो पैसा खोई’को घोषणा गरिएको छ । निर्माता राणाले उक्त चलचित्र ११ भाषामा डबिङ गरेर भारत र नेपालमा एकसाथ रिलिज गरिने जानकारी दिएका छन् । उक्त चलचित्र नेपालका लागि ‘मेरो पैसा खोई’ र बलिउडका लागि हिन्दी नाम ‘मेरे पेसे कहाँ हे’ राखिने कार्यक्रममा जानकारी दिइयो ।

बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान जस्ता कलाकारसँग काम गरिसकेका शर्माले नेपाली फिल्म पैसाको लागि भन्दा पनि नाम र इज्जतको लागि बनाउन लागेको बताए । ‘पैसाले हरेक व्यक्तिको जीवनमा उतारचढाव ल्याउने गर्दछ । यो नै मेरो फिल्मको विषयवस्तु हो’ निर्देशक शर्माले फिल्मको कथा खुलाएका थिए ।

उक्त चलचित्रमा प्रेम र कमेडी विषय पनि समेटिनेछ । यो फिल्म रेदाअंश सिने आर्ट्सको ब्यानरमा बन्नेछ । फिल्मको लागि निर्माताको तर्फबाट गर्नुपर्ने तयारी आफूले पूरा गरेको निर्माता रोज राणाले बताए । निर्माता राणाले फिल्ममा आधा नेपाली र आधा बलिउड कलाकार समेटिने र नेपाली कलाकार अडिसनबाट छनोट गरिने जानकारी दिए । फिल्म नेपालका मुस्ताङ, पोखरा, काठमाडौं र भारतका मुम्बईका बिभिन्न स्थानमा सुटिङ गरिने उने जानकारी दिएका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com