रमिताको जोवन छल्किएपछि...

Posted on: November 14, 2016 | views: 517

काठमाडौ । गायिका रमिता भण्डारीले नयां गित सार्वजनिक गरेकि छिन् । छल्कियो जवानी बोलको गितमा गोविन्द प्रसाद उपाध्यायको शब्द तथा अनिश श्रेष्ठको संगित रहेको छ ।

गितमा सुरजनी केसीको कामुक नृत्य रहेको छ भने गायिका रमिलाको पनि अभिनय रहेको छ । दाउथ राईको निर्देशनमा प्रकाश प्रधानले भिडियो छायांकन गरेका छन् ।

१६ बर्षको उमेरमा नै टिनएज गर्ल नामक एल्बम सार्वजनिक गरेकि रमिलाले ३० भन्दा बढि गित गाईसकेकि छन् । उनका गितहरु प्राय डान्सिङ्ग नम्बरका हुने गर्दछन् । गायनमा सानैदेखि रुचि राख्ने रमिलाको सोच एक सफल गायिका बन्ने रहेको छ । यस अघि उनको जुनेली रात,  घर फर्कि आउ, ब्ल्याक ह्याण्डसम बोलको गित सार्वजनिक भएका थिए, जुन गितलाई दर्शक श्रोताले निकै मन पराईदिएको उनले प्रतिक्रिया दिईन् ।

गयनको साथसाथै उनले सुन्दरी प्रतियोगितमा भाग लिएर विभिन्न उपाधी समेत जितेकि छन् । तर आफ्नो उदेश्य सफल गायिका नै बन्ने रहेको उनले बताईन् । त्यसैले उनी मोडलिङ्गमा भन्दा बढि गित संगितमा रमाउने गर्दछिन् ।

आगामी दिनमा दर्शक श्रोताको चाहनाअनुसार गितहरु सार्वजनिक गर्दै जाने उनले बताईन् । साथै उनको यस छल्कियो जवानी बोलको गित पनि निकै राम्रो बनेको र दर्शक श्रोताले मन पराईदिनेमा उनी बिश्वस्त छिन् । हेर्नुहोस भिडियो–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com