पहिलोपटक एउटै चलचित्र दुई भाषामा एकसाथ आउँदै

Posted on: November 16, 2016 | views: 485

नुवाकोट । ओरालो लागेको नेपाली चलचित्र क्षेत्रको साख कायमै राख्नका लागि नयां र प्रविधियुक्त प्रयोग गरिन थालिएको छ । दर्शकहरु तान्न र मन जित्नका लागी नेपाली चलचित्र उद्योगमा पहिलो पटक एउटै चलचित्र एकै पटक दुई भाषामा आउने भएको छ । 

नेपालको चलचित्र क्षेत्रको ४० वर्षे इतिहासमा पहिलो पटक अनुभवी तथा सफल निर्देशक तथा निर्माताले एकैपटक नेपाली र भोजपुरी भाषामा चलचित्र निर्माण सुरु गरेका छन् । यसबाट तीन करोड जनसंख्या रहेको नेपाली तथा ३३ करोड रहेको भोजपुरी भाषीले एउटै चलचित्र दुई भाषामा हेर्न पाउने भएका छन् । 

नेपाली चलचित्र उद्योगमा लामो सयमदेखि सफल चलचित्र निर्देशन गर्दै आएका सफल निर्देशक राजु गिरी र सफल चलचित्र बनाउदै आएका निर्माता सुरज प्रधानले करोडौं दर्शक तान्ने उद्धेश्यका साथ एकै पटक नेपाली र भोजपुरी भाषामा दिलवाले भर्सेज युवराज निर्माण सुरु गरेका छन् । निर्माता प्रधानले आफनी छोरी रिचल प्रधानको जन्मदिन पारेर चलचित्र ‘दिलवाले’ भर्सेस ‘युवराज’ को शुभ मुहर्तसंगै छायांकन सुरु गरेका हुन । 

नेपाली चलचित्र उद्योगमा यो चलचित्र एकैपटक पटक नेपाली र भोजपुरी भाषामा निर्माण सुरु गरिएको पहिलो चलचित्र भएको निर्देशक राजु गिरीले बताए । भोजप्ुरी भाषाका समुदाय तथा नेपालीको सहकार्यको सन्देश यस चलचित्रले दिने उनले बताए । 


नेपाली भाषी तथा भोजपुरी समुदायको वसोवास रहेको तराइ र भारतका करोडौं दर्शकहरुलाई लक्ष्यित गरेर भोजपुरी भाषामा चलचित्र ‘दिलवाले’ र नेपाली भाषामा ‘युवराज’ को निर्माण सुरु गरिएको निर्माता सुरज प्रधानले बताए । उनले दर्शकहरुको माग वमोजिम आफुले निर्देशक राजु गिरीको साथमा पहिलो पटक एउटै चलचित्र दुई भाषामा बनाउन लागेको बताए ।

दुई दशक अगाडि आफैं कलाकार वन्ने लक्ष्यका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका निर्देशक राजु गिरीले विन्दास १, २, ३ मखमली, टाइगर द रियल हिरो, कत्याकाण्ड, देवराज, जिस्म, रक्षालगायत १३ वटा सफल चलचित्र निर्माण गरिसकेका छन् । भोजपुरी भाषामा ‘दिलवाले’ र नेपाली भाषामा ‘युवराज’ नाममा आउन लागेको यस चलचित्रले चलचित्र क्षेत्रमा नयां प्रयोग स्थापित गर्ने उनको दावी रहेको छ । 

महाराधिका इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण सुरु भएको चलचित्र ‘दिलवाले’ अर्थात ‘युवराज’ को प्रस्तुतकर्ता पनि सुरज प्रधान रहेका छन । उनले सुखदुख, सलाम छ मायालाई, दुर्गालगायत ११ वटा चलचित्र निर्माण गरिसकेका छन् । 

सुरेन्द्रलाल प्रधानको निर्माण यस चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठ, नृत्य जीवन ज्ञवाली , संगीत पप्पु मिश्र तथा छायाँकन रामेश्वर हुमागाई रहेका छन । त्यसैगरी कलाकारहरुमा चर्चित नायिका शुभेच्छा थापा, नायक प्रदेशी शाह, ध्रुव कोइराला, देवचन्द्र भट्ट, पुष्पा पाण्डे, मुखरलाल साह लगायतको मुख्य अभिनय रहेने छ ।

यस चलचित्रले नेपाली र भोजपुरी भाषाका दर्शकलाई तानेर नेपाली र तराइवासीको सामाजिक सद्भावको विकास हुने चलचित्रकी नायिका सुभेच्छा थापाले वताइन् । उनले यसअघि पनि भोजपुरी भाषामा चलचित्रमा अभिनय गरिसकेकी थिइन् । 

काठमाडौको वालाजुमा यस चलचित्रको वुधवार छायांकन सुरु गरिए निर्माण सुरु गरिएको छ । एक महिनामा सम्पुर्ण छायांकन सकेर चलचित्रको  आगामी माघ १ प्रदर्शन गर्ने तयारीका साथ तीब्र रुपमा छायांकन सुरु भइरहेको निर्देशक राजु गिरीले बताए । 

काठमाडौका साथै तराइका जिल्लाहरुमा छायांकन गरिने यस चलचित्रमा संगस्त पप्पु मिश्र, कथा हरेराम ठाकुर तथा गायकहरुमा इन्द्र सोनाली, आलोक कुमार, पप्पु मिश्र रहेका छन् । 

देवचन्द्र भट्टबाट


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com