मिस ईकलेज २०१६ को दोस्रो अडिसन मंसिर १८ मा हुने

Posted on: November 27, 2016 | views: 1575

काठमाडौं, मंसिर १२¬ । विगत ७ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को  सातौैं संस्करणको लागि पहिलो छनौट प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रियाबाट १५ जना छनौट गरिएको छ भने द्रोस्रो छनौट प्रक्रिया यहि मंसिर १८ गते शनिबार छनौट गरिने बताइएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “मिस ईकलेज २०१६” को आयोजना गरिएकोे सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताएका छन् ।
उक्त छनौट कार्यक्रममा निर्णायक मण्डलको रुपमा जेभिएर इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल दिपेन दाहाल, मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य र मिस टिन कलेज २०१५ की विजेता तथा मोडल कुसुम थापा रहेका थिए ।
कलेजस्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले सो कार्यक्रम गरिएको वन्तले बताए ।
कार्यक्रममा विभिन्न  तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न संघसस्थाको भ्रमण अन्र्तगत माइति नेपाल, नारकोनन् नेपाल, अपाङ वालसेवा केन्द्र, वृद्धा आश्रमलगायत ठाँउको अवलोकन गराइने वन्तले बताएका छन् । त्यस्तै प्रतियोगीहरुको ज्ञान तथा सिप विकास होस् भन्ने हेतुले आन्तरिक प्रतिभा प्रर्दशन, फुटसल प्रतियोगीता साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि गरिने बताइएको छ ।
विगत ७ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौ चरणको कार्यक्रम हो । विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ । 'Women personality education and beauty' भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने बताइएको छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि मंसिर तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिने बताइएको छ । उक्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा पौषको तेस्रो साता राजधानीमा हुने वन्तले बताएका छन् । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित रु एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षामो छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर दिइने वन्तले बताएका छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रवृत्ति आदि प्राप्त गर्ने बताइएको छ ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com