विकास संगमको स्वरमा ‘घायल चरी’ बजारमा

Posted on: February 06, 2017 | views: 364

काठमाडौं । खोटाङका युवा विकास संगम राई संगीत क्षेत्रमा उदाएका छन् ।  बुधबारबाट ‘घायल चरी’ नामक राईको डेब्यु एल्बम श्रोतामाझ आएको छ । बाम्राङ सेवा समाजले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सो एल्वम सार्वजनिक गरेको हो । कार्यक्रम मार्फत् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ संगीतकार र गायक गणेश रसिक, गीतकार तथा कवि भुपाल राई र समाजका अध्यक्ष देवान राईले एल्बम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव रसिकले संगीत विना मान्छेको जीवन अधुरो रहने बताउँदै आफू संगीत क्षेत्रमा नलागेको भए हालसम्म जीवित हुन सक्दिनथें भने ।
सानै उमेरदेखि राजेशपायल राई र रामकृष्ण ढकालका गीत गुनगुनाएर हुर्किएका विकासले प्लस टुसम्मको अध्ययन गरेका छन् । ३ वर्ष अघि काठमाडौं आएका विकासको एल्बममा ‘घायल चरी’, ‘माया नमार’, ‘नत्थीवाली’, ‘म मरेमा’, ‘ए मेरी आमा’ बोलका गीत समेटिएको छ । सो एल्वममा गायक विकाससँगै पुष्पराज बस्याल, जीएस स्मृतको शब्द छ भने गोविन्द थापा मगर, साधन राई र उनको आफ्नै संगीत छ । सबै गीत लोक आधुनिक फ्लेबरका छन् ।
भर्जिन रेकर्डस् प्रालिले बजारमा ल्याएको एल्बममा विकासका दाजु रविन, राजकुमार राई, भाइ रकेश, काका देवान राई र गायक कन्काइष्ट राईको विशेष सहयोग छ । गायक कन्काइष्ट भर्जिन रेकर्डस्का प्रोप्राइटर हुन् । एल्बममा रहेको गीतको भिडियो चाँडै निर्माण गरिने विकासले बताएका छन् ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com