एक्सपर्ट मिस एसइइको ताज दिपिकालाई

Posted on: June 04, 2017 | views: 308

झापा, जेठ २१ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाँले पहिरिएकी छिन् । शनिबार राती अबेरसम्म ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न सफल भएकी हुन् । 

त्यस्तै प्रतियोगिताको फस्र्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनरअप काँकडभिट्टाकी अरुणरिद्वी राई बनिन् । बिजेताले नगद ५० हजारसहित कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्राप्त गरिन् भने फस्र्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगदसहित छात्रबृत्ति हासिल गरेका ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिईन् । 

नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ । त्यसअघि शनिबार नै अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी निवासी ९३ वर्षीय मानबहादुर गिरी र उनका छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले पनि सहयोग स्वरुप एक लाख रुपैयाँ रकम प्रदान गरेका थिए । 

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापाको ग्राण्ड फिनालेको अवसरमा कम्पनीका प्रबन्धनिर्देशक प्रणित पुडासैनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई हस्तान्तरण गरेका थिए । 

उक्त रकम एक्स्पर्ट मिस एसईई झापाका प्रतिस्पर्धीहरुले बिर्तामोडमा चटपटे, पानीपुरी लगायतका अन्य खाजाका परिकारहरु बिक्री गरेर संकलन गरिएको संस्थाकी अध्यक्ष निशा खड्काले जानकारी दिईन् । साथै उक्त अवसरमा रगतमा इन्फ्याक्सन भई उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया हस्तान्तरण गरिएको छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com