चलचित्र निर्माण गर्ने घोषणा गरियो तर नामै छैन !

Posted on: August 25, 2016 | views: 621

चलचित्र निर्माण गर्ने घोषणा गरियो तर नामै छैन । नामविनै निर्माणपक्षले पत्रकार सम्मेलन गरेर निर्माणको घोषणा गरिएको हो । उमा फिल्मस्को ब्यानरमा निर्माणमा हुने भनिएको चलचित्रको अलिहेसम्म नाम नजुरेको जनाइएको छ ।

सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको चलचित्रमा उमा वेवीको लगानी रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको एक्सन रहनेछ । चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने पक्का भएको छ ।

यो चलचित्रमा आमा निर्मात्री छोरी हिरोइन हुने भएको छ किनकि, यही चलचित्रबाट निर्मात्री तथा कलाकार उमा वेवीकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । सिवानी ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com