विदेश जान हिँडेका युवालाई लोभमा पारी रोकेपछि पशुपति शर्माले खाए यस्तो खप्की ! (हेर्नुहोस् भिडियोहरू)

Posted on: June 04, 2017 | views: 352

काठमाडौं, जेठ २१ । करिब ३ वर्षअघि चर्चित गायक पशुपति शर्मा र सिता केसीले देशको अवस्था र सम्भावनाको उजागर गर्दै विदेसिने युवाहरुलाई रोक्नुपर्ने आशयको ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही...’ बोलको यथार्थपरक र मर्मस्पर्शी गीत गाएर कैयन नेपाली बेरोजगार युवायुवतीको मन जितेका थिए । उनले गाएका गीतका हरेक शब्द–शब्दले सबै नेपालीलाई खुबै छोयो र कतिपय नेपालीले गीतले राम्रो सन्देश दिएको भन्दै अनुशरण पनि गरे । 

तर, गायकले गीतमा भनेजस्तो व्यवहार सजिलो थिएन । देशमै केही गरौँ भनेर विदेसिन ठिक्क परेकाहरु कतिपयले देशमै उद्यम गर्ने कोशिस त गरे तर सफल भने हुन सकेनन् । त्यही असफलता र देशमा स्वरोजगार बन्न अझै वातानुकुलित नभएको भन्दै तिनै युवाहरु अहिले विदेसिन रोक्नेहरुलाई गाली गरिरहेका छन् । सोही सन्दर्भलाई लिएर गायक मिनराज गौतम र गायिका सन्ध्या बुढा मिलेर उनै पशुपति शर्मालाई यसरी गाली गरेका छन्– 

हेर्नुहोस् भिडियोहरू–

पशुपति शर्माले देखाएको लोभ


मिनराज गौतमको जवाफ


दुवै गीत सुनिसकेपछि तपाईंलाई लागेको प्रतिक्रिया तलको ‘कमेन्ट बक्स’मा लेख्नुहोला ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com