प्रकाशले ल्याए विछोडपछिका दुःखान्त वेदना ‘नरोई बसे सानु’ (भिडियो)

Posted on: June 14, 2017 | views: 249

काठमाडौं । कामको शिलशिलामा जापानमा रहेका प्रकाश खरालको आवाजमा नरोइ बसे सानु बोलको गीत बजारमा सार्वजनिक भएको छ । प्रदेशमा रहेको युवा सर्जकहरूको सिर्जनामा रहेको नयाँ गीत नरोइ बसे सानु सांगितिक बजारमा सार्वजनिक भएको हो । 

चितवन भरतपुर घर भएका नवकलाकार प्रकाश खरालको आवाजमा रहेको यो पहिलो गीत हो जसमा उनलाई देवी घर्तीले साथ दिएकी छन् । परदेशमा रहेका सर्जक प्रेम सापकोटा सोनुको लय सिर्जना र परदेशमै बस्ने दिपक कँडेलको शब्दमा गीत तयार भएको हो ।

गीतमा माया प्रेममा विछोड भए पछिका दुःखान्त कुराहरूलाई प्रस्तुत गरिएको छ ।

गीतको अभिनयमा सञ्चारकर्मी सुवास कँडेललाई सारिका के.सीले साथ दिएकी छन् । 

कँडेलले आगामी दिनमा पनि अभिनयलाई निरञ्तरता दिने र त्यसलाइ दर्शकहरूले मन पराइदिनेमा आफु आशावादी रहेको बताए । बबइ म्युजिकले बजारमा ल्याएको गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन् ।

हेर्नुहोस् भिडियो–




Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com