‘स्ट्रगल’ को अन्तिम तयारीमा नवीन

Posted on: July 05, 2017 | views: 234

काठमाडौं, २१ असार २०७४– कलाकारिता क्षेत्रबाट गायन क्षेत्रतिर मुभ गरेका नवीन पौडेल अहिले नयाँ एल्वमको अन्तिम तयारीमा जुटेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक नवीनले आफू नयाँ एल्बम ‘स्ट्रगल’ को अन्तिम तयारीमा जुटेको बताएका हुन् । 

करिब पाँच बर्षअघि तत्कालिन नेपाल टेलिभिजन–२ बाट प्रसारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका नवीन उक्त टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देखिएका थिए । चलेको चलनबाट नै निर्माता एवम् कलाकारको छवि बनाएका नवीन कलाकारिता छाडेर गायनतर्फ लागेका थिए । 

‘पागलपन’ नामक एकल आधुनिक एल्बम बजारमा ल्याइसकेका नवीन अहिले ‘स्ट्रगल’ नामक नयाँ एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा लागेका छन् । ‘म अहिले स्ट्रगलको अन्तिम तयारीमा छु, सम्भवत दशैँ पछाडि नयाँ एल्बम सार्वजनिक हुन्छ,’ उनले भने– ‘नयाँ एल्बममा ६ वटा गीत समावेश हुनेछन् । समावेश हुने ६ वटा गीतमध्ये ४ वटा रेकर्ड समेत भइसकेको छ ।’

सबै गीत फाइनल भएपछि मात्रै सार्वजनिक गर्ने नवीनको तयारी रहेको छ । यसअघि गायक नवीनको पागलपन एल्बमको टाइटल गीतले सांगितिक क्षेत्रमा राम्रो स्थान पाएको थियो ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com