मोडेलको शरीरभरी हानिएको ट्याटुले तपाईंलाई पागल बनाउला है !

Posted on: July 09, 2017 | views: 527

काठमाडौं, २५ असार २०७४– मोडेल  तथा नायिकाहरुको आ–आफ्नै पहिचान हुन्छ । उनीहरु आ–आफ्नै पहिचान र विशेषताकै कारण आफ्नो क्षेत्रमा टिक्ने र जम्ने गर्दछन् । कतिपय मोडेलहरु प्राकृतिक सुन्दरताले भरिपूर्ण हुन्छन् भने कतिपयले भने बनावटी सुन्दरता बनाएर पनि कला क्षेत्रमा राज गरिरहेका छन् । 

पछिल्लोपटक विश्वव्यापीजस्तै गरी फेशन नै बनेको ट्याटु कला झन् बढी चर्चामा छ । त्यही ट्याटु हानिएको सन्दर्भमा क्वीन्सल्याण्डकी मोडेलको सङ्क्षीप्त चर्चा आज यहाँ हामीले गरेका छौँ । 

सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेअनुसार ती मोडेलले शरीरभर बनाएको ट्याटु देख्ने मानिसहरु सम्भवतः पागलनै हुन्छन् होला । मोडेल समर मकनरनीले यस्तो खतरनाक ट्याटु बनाएकी छिन्, जसको शरीमा कुनै बस्त्र नै देखिदैन । खुट्टामा लगाउने जुत्तादेखि घाँटीसम्मको पहिरन ट्याटुमार्फत नै बनाइएको छ । यसरी ट्याटु हानिएको तस्बिर हालसालै सामाजिक सञ्जालमा पोस्ट गरिएपछि मकनरनीको चर्चा हुन थालेहो हो । यद्यपि उनको यो तस्बिर सन् २०१५ मै खिचिएको दाबी सञ्चारमाध्यमहरुले गरेका छन् । 

ट्याटु बनाउन १५ दिन १५ लाख लाग्यो

यी मोडेलको शरीरमा यति खतरनाक ट्याटु बनाउन १५ दिन लागेको तथा १५ लाख रुपैयाँ खर्च भएको समाचारमा जनाइएको छ । मोडेलले भने आफू चर्चामा आउन भन्दा पनि सूर्यको तीव्र प्रकाशबाट शरीरको छालामा हुने क्षतिबाट बच्न यस्तो हर्कत गरेको बताएकी छिन् । 


कसरी बनाइयो ट्याटु ? (भिडियो हेर्नुहोस्)



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com