‘छक्का पञ्जा २’ को ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक, चलचित्र असोज ११ मा (भिडियोसहित)

Posted on: July 23, 2017 | views: 424

काठमाडौं, ८ साउन २०७४– चलचित्र ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्कापञ्जा’ को सफल व्यापार गरेको समूहले आफ्नो चौथो चलचित्र निर्माण गरिरहेको छ । निर्माता दिपकराज गिरी र निर्मात्री–निर्देशक दीपा?ी निरालालगायतको समूहले निर्माण गरिरहेको बहुप्रतिक्षित चलचित्र ‘६ क्का पञ्जा २’ को गीत हालै सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाले नै निर्देशन गरिरहेकै उक्त चलचित्रको ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल डान्स मुभ्समा देखिएका छन् । 

गीतमा जितु नेपाल (सरस्वती) र केदार घिमिरे (माग्ने बुढा)लाई मूख्य रुपमा फिचर गरिएको छ । ‘छक्का पञ्जा’मा विदेश जाने भनेर घरबाट निस्किएका माग्ने काठमाण्डुमा किड्नी बेचेर (केसी) डन बनेका थिए । यो गीतमा भने उनी गाडी चलाइरहेको देखिन्छन् ।

पहिलो श्रंखलामा दर्शकको मूख्य आकर्षणका पात्र बनेका माग्ने बुढा सिक्वलमा भने कस्तो भूमिका देखिने हुन् त्यो जान्नका लागि भने चलचित्र रिलिज हुने मितिसम्म कुर्नैपर्ने हुन्छ । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ ।

सार्वजनिक गीतको भीडियो हेर्नुहोस्–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com