काठमाडौं, ९ साउन २०७४– तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ बाट सञ्चारकर्मीद्वय चन्द्रमणि गौतम र कुवेर गिरीलाई सम्मान गरिने भएको छ । सम्मानित हुन लागेका गौतम लोकसञ्चारकर्मी र गिरी रङ्ग पत्रकार हुन् । प्रत्येक वर्ष अवार्डमा दुई जना सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आइएको सो अवार्डबाट यो वर्ष गौतम र गिरी सम्मानित हुन लागेका हुन् ।
राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आइतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचलाई मनोनयपत्र वितरण गर्ने कार्यक्रममा उक्त घोषणा गरिएको हो । यहि साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले जानकारी गराए । ‘नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश प्रत्रिका प्रकाशन गर्दै आएका छौ । मोफसलबाट शुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रिय स्तरको गर्न सफल भएका छौ,’ किरणले भने ।
उत्कृष्ट पाँचलाई निर्णायक, अतिथिहरु आरसी कोइराला, दुर्गा रायमाझीलगायतले प्रमाणपत्र वितरण गरेका थिए । आधुनिक र लोकदोहोरी विधामा हुने उक्त अवार्डमा २१ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए ।
अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्गपत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् ।
क्रिश्चियन धर्मभन्दा हिन्दुू धर्म उदार छ : लाउरा अमाजोनेकाजीबहादुर बस्
Posted on: April 8, 2016 Views: 105304
काठमाडौं, फागुन १ । राप्रपाको यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा मह
Posted on: April 8, 2016 Views: 5968
दोलखा, २२ साउन २०७४– दोलखाको प्रसिद्ध मन्दिर कालिञ्चोकको फेदीमा आजबाट
Posted on: April 8, 2016 Views: 3997
समाचार विश्लेषण काठमाडौं, मंसिर ६ । केही हप्ता अघि सिंगापुर पुगेका पूर
Posted on: April 8, 2016 Views: 3984