करेन्ट लागेर नेपाली सेनाका हबल्दारको ज्यान गयो

रामेछाप । रामेछाप घरभई नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत नेपाली सेनाका हवल्दार ३८ बर्षिय रामकुमार कार्कीको करेन्ट लागेर आज ज्यान गएको छ ।

नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोएको बाँसलाई समाउँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका कार्कीको घटनास्थलवाट उद्धार गरी उपचार गर्नेे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Scroll to Top