![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/8-Palika-Add-Final.gif)
पार्बती कार्की–
रामेछाप । पछिल्लो सयम रामेछापमा डेगीं सक्रमणका विरामी बढ्दै गएका छन् । साउनदेखी हालसम्म ६ जनामा डेंगी सक्रमण भएको हो ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/Untitled-300-×-600-px-1456-×-180-px.gif)
हालसम्म रामेछाप नगरपालिकामा ३ जना, मन्थली नगरपालिकामा २ जना र खाँडादेवी गाउँपालिका १ जना गरी ६ जनामो डेंगी संक्रमण पुष्टि भएको र उनीहरु सवैजनाको अस्पतालमा उपचार पछि निको भएर घर फर्किसकेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/03/Suchana.gif)
जिल्लाका ८ वटा स्थानिय तहहरुमध्ये हालम्म सुनापति गाउँपालिका, दोरम्वा शैलुङ्ग गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा हालसम्म डेंगी सक्रमणका विरामीहरु फेला परेका छैनन् ।
डेंगी सक्रमण मानिसमा लामखुुट्टेको टोकाइवाट हुने भएकाले घर वरपर पानी जम्न नदिने, सरसफाईमा ध्यान दिनुपर्ने, हातखुुट्टा छोपिने किसिमका कपडा लगाउनुपर्ने र राती सुत्दा झुल लगाएर सुतेमा डेंगी संक्रमणवाट बच्न सकिने प्रखुुख शाहले बताए ।