रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती स्थित छतिउने खोला नजिकै सोमवार फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ ।

गोकुलगंगा गाउँपालिका–५ बेतालीवाट भारतको जयपुर जाँदै गरेको आर जे १४ टिडी ८६८७ नम्वरको फोर्स गाडी लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती छतिवने खोला नजिकैको सडकवाट करिव ५ सय मिटर तल खसेको थियो । गाडी दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ बेतालीकी सुस्मा खड्का, लेखबहादुर खड्का, पुर्णबहादुर सार्की र सुजन भुजेल घाइते भएका छन् ।
त्यसैगरी सो दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का र लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएका छन् । घाइते मध्ये गोकुलगंगा गाउँपालिका–४ बेतालीका पूर्णवहादुर सार्कीको अवस्था गम्भिर भएकाले उनको मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौं पठाइएको र अन्यको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको मन्थली अस्पतालका मेसुु डा. केशब धामीले जानकारी दिए ।


घाइेतहरुको स्थानिय र प्रहरीले घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए । सडकमा गुडिरहेको गाडीको ब्रेक फेल भई दुर्घटना भएको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रमुख सिंहले बताए ।