रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा एक हप्तासम्म संचालन गरिएको नवौ अन्तराष्ट्रिय योग दिवस शुक्रवारबाट सकिएको छ ।
नवौं अन्तराष्ट्रिय योग दिवसका दिन जिल्ला आर्युवेद कार्यालयको हलमा आरम्भ गरिएको उक्त योग शीविरको समापन जीवन विकाश विषेशज्ञ जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा प्रवचन र योगाभ्यास बाट शुरुवात गरिएको थियो ।
कार्यक्रम उद्घटान कार्यक्रममा एलपी भानु शर्माले जीवनलाई उर्जा र ध्यानमा जोड्नका लागि शिवीरले सार्थकता पाउने दावी गर्दै मानव जीवनको सकरात्मक परिवर्तनका लागि पनि उर्जा योग र ध्यान आवश्यक पर्ने बताए । उनले सँधै नित्य विहानी संगै गरिने योग र ध्यानबाट उर्जा प्राप्त हुने भएकोले यसको ब्यक्तिगत र संस्थागत विकासमा ध्यान दिन सबैलाई आग्रह समेत गरे ।
एक हप्तासम्म चलेको उक्त शिविरको समापन बागमती प्रदेशका साँसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले मानब जीवनलाई जीवन विज्ञान र आध्यात्मीक विज्ञानसँग जोड्न सके समृद्ध समाजको परिकल्पनाले सार्थकता पाउने बताए ।
उक्त कार्यक्रम जिल्ला स्तरीय मूल समारोह समितिकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा सो कार्यक्रम समापन भएको हो । सप्ताहाब्यापी कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय रामेछाप,मन्थली नगरपालिका,जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मन्थली, व्रम्हाकुमारी राजयोग सेवा केन्द्र,पतन्जली योग समिति रामेछाप र जिवन विज्ञान समितिको संयुक्त आयोजनामा भएको हो ।