वैशाख १५ देखि अनलाईनबाटै बसको टिकट पाईने

Posted on: April 14, 2018 | views: 375

काठमाडौं– प्रविधिलाई अधिकतम प्रयोग गर्दै नेपालमा पनि नयाँ–नयाँ प्रयोगहरु गरिने क्रम तीव्र बन्दै गएको छ । कागजपत्र र भौतिक रुपमा लामो लाईन बसेर गरिने कतिपय कामहरु पछिल्ला केही वर्षयता घरमै बसी–बसी सम्पादन गर्न सकिने भएको छ । 

यसैबीच नयाँ वर्ष २०७५ को सुरुवातसँगै आधुनिक प्रविधिले अर्को एक फड्को मारेको छ र अब वैशाख १५ गतेदेखि घरमै बसी–बसी बसका टिकटहरुसमेत पाईने भएको छ । सर्बसाधरणहरुले यात्राका निम्ति भोग्नु परिरहेको कठिनाइलाई मध्यनजर गर्दै घरमै बसि–बसि बस टिकट काट्न सकिने ब्यबस्थाको सुरुवात शनिबारदेखि भएको छ । 

नयाँ वर्षको अवसर पारी Seven Tech नामक संस्थाले busObas अनलाईन टिकट बुकिङ वेबसाईट प्रयोगमा ल्याएको हो । उक्त वेबसाईट आज (वैशाख १ गते) लाईभ गरिएता पनि टिकट काट्ने ब्यबस्था भने आगामी १५ गतेदेखि सुरु गरिने भएको छ ।

हाललाई पोखरा–काठमाडौंलाई पहिलो प्राथमिकता दिएर busObas अनलाईन टिकटिङ संचालनमा ल्याइएको Seven Techले जनाएको छ । जब busObas छ भने टिकट काउन्टरसम्म पुग्ने दुःख अब अन्त्य भएको कम्पनीको दाबी छ । सेवाग्रहीले यो सेवा प्रयोग गर्नका लागि आफ्नो बैंक खाता र इ–बैंकिङ सेवा अनिवार्य गरिएको छ । बैंक खाता र इ–बैंकिङसेवा प्रयोग गरिरहेका सेवाग्राहीले कम्पनीको वेभसाइट www.busObas.com मा गई सहजै टिकट काट्न सक्नुे कम्पनीले जनाएको छ । 

नबिन पौडेलबाट

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com