सरकारी विद्यालयमा पढाईको गुणस्तर बढ्ने वित्तिकै स्वतः प्राइभेट स्कुलमा विद्यार्थी संख्या घट्छ

Posted on: June 24, 2018 | views: 180

राजेन्द्रप्रसाद फुयाँल | प्रिन्सिपल, श्रृजना ज्ञानसागर मावि, तारकेश्वर–४, गोलढुंगा, काठमाडौं 

कक्षा ११ पनि सञ्चालन गर्दै हुनुहुन्छ ? के के छ तयारी ?तपाईको स्कुलमा अध्ययन गर्नु र अन्य स्कूलमा अध्ययन गर्नुमा फरक के छ ? 

पाठ्यक्रमको दृष्ट्रिकोणले त सरकारले जुन पाठ्यक्रम राखेको छ । हामीले पनि त्यही पढाउने हो । तर, विद्यार्थीहरुमा मोटिभेसन कति भए भन्ने कुरामा भर पर्दछ । विद्यार्थीले लाइफ लर्निङको कुरा कति जाने भन्ने कुरा पाठ्यक्रम बाहिरको कुरा हो । हाम्रो विद्यालयमा विद्यार्थीहरुले यी कुराहरुलाई कसरी व्यवहारमा उतारे भन्ने कुरा हो । हाम्रो विद्यालयमा जीवनमा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई बोलाएर विद्यार्थीहरुलाई प्रेरणाको रुपमा लिने गरी आत्मविश्वास बढाउने खालका कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले उनीहरुको भावनाबाट आफूभित्र रहेका प्रतिभा के रहेछ भन्ने पहिचान गर्न सक्छन्, सही बाटो समात्नलाई मद्दत गर्छ । हाम्रो विद्यालयको विशेषता यही हो ।

योगा र ध्यानलाई पनि पाठ्यक्रममा समेट्नु भएको छ ?  

हाम्रो विद्यालयमा योग र मेरिटेसनको कक्षा सञ्चालन भइरहेको छ । यी कुरा विद्यार्थीले मात्र होइन अभिभावकहरुले पनि सिक्नुपर्ने रहेछ । विद्यालयको प्लस प्रोगाम भनेको अन्तर विद्यालय कार्यक्रमहरुमा पनि हाम्रो सफलता राम्रो रहेको छ । अस्ती भर्खर पनि टिटि खेलमा पहिलो, दोस्रो र तेस्रो सबै पदक जित्न सफल भएको थियो । फुटवल, भलिवल, आर्टसहित विभिन्न विधामा राष्ट्रियस्तरका प्रशिक्षण ल्याएर हामीले अभ्यास गराउँदै आएका छौँ । हरेक क्रियाकलापमा हामी खाली हात फर्किएको उदाहरण विरलै मात्र रहेको छ । 

सरकारको निजी विद्यालयलाई हेर्ने दृष्ट्रिकोण फरक भएको भनिएको छ, सरकारी नितिको कारण निजी विद्यालयलाई कस्तो असर परेको छ ?  

आजका दिनसम्म यसले हाउगुजी पैदा गरेको छ । अहिलेको अवस्थामा कक्षा ७,८ सम्म निजी विद्यालयमा पढाउने अनि सरकारी विद्यालयमा पढाउने क्रम चढेको छ । यसको कारण आरक्षणको कारण नै हो । निजी विद्यालयमा महंगो शुल्क तिरेर पढ्ने इच्छा कसैलाई हुँदैन । त्यो सरकारी स्कूलको खस्कँदो अवस्थाकै कारण भएको हो । यो सरकारको कमजोरी हो भन्ने मलाई लाग्छ । अहिले ग्लोवलाइजेसनको अवस्था हो । मान्छे विदेशमा गएर पनि पढ्न पाउँछ । विदेश गएर पढ्न चाहनेका लागि कस्ले रोक्न सक्छ । शिक्षालाई स्वतन्त्र रुपमा छाडिदिनु पर्छ भन्ने मेरो भनाई हो । 

आरक्षणहरुमा भर्ना हुन सरकारी स्कुलमा अध्ययन गरेको अनिवार्य हुनुपर्छ भन्ने कुरा पनि आएको छ नी ? 

यो गलत हो । दुई जना छन्, होचो अग्लो छन् भने समानता गर्न भनेर एउटाको टाउको काटेर त समस्या समाधान हुँदैन । अस्ती भर्खरै हाम्रो प्रधानमन्त्रीले १५ प्रतिशत रिजल्ट निजी विद्यालयले ओगटेको छ भनेर भनिरहनु भएको छ । तर, यसलाई कसरी सुधार गर्ने भनेर ट्रिट गर्ने काम त सरकारको हो नी ।

पछिल्लो समय निजी विद्यालयप्रतिको धारणा अलि फरक हुनुमा कारण चाँही के देख्नु भएको छ ?

अस्ती भर्खर प्रधानमन्त्रीले भनिसक्नु भएको छ त केही कर्मचारीहरुको कारण केही शिक्षाविद्हरुले निजी विद्यालय बन्द गराउनेसम्मको तर्क पनि गर्दै आउनुभएको छ । सरकारको नियम र कानुन अनुसार कसैले लगानी गर्छ भने त्यसलाई स्वतन्त्र रुपमा छाडिदिनु पर्छ । 

निजी विद्यालयमा पढेर पछि सरकारी सेवा सुविधाबाट बञ्चित भएर विद्यार्थीहरु भौतारिरहनु पर्ने बाध्यता ठीक होइन नी ? 

अवश्य यस्ता कुरामा तपाई पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ । वास्तविकता के हो यो कुरा बुझ्ुनु जरुरी छ । एकै देशका नागरिकलाई असमान व्यवहार राज्यले गर्न पाउँदैन । सरकारले जहाँ पढेपनि एउटै खालका व्यवहार गर्नुपर्छ भन्ने मलाई लाग्छ । जहाँ पढेपनि एकै किसिमको क्वालिटी मेन्टेन गर्नुपर्छ ।

अहिलेको सरकारले कस्तो शिक्षा निजी बनाउँदा निजी र सामुदायिक दुवै विद्यालयको हित हुन्छ भन्ने तपाईलाई लाग्छ ? 

बोडिङ एउटा प्राइभेट स्कुल हो । यसमा व्यक्तिको लगानी हुन्छ । यसमा निश्चित शुल्क तिर्नुपर्छ । सरकारी विद्यालयमा पढाईको गुणस्तर बढ्ने वित्तिकै स्वतः प्राइभेट स्कुलमा विद्यार्थी संख्या घट्छ । युरोप, अमेरिकामा बोडिङ स्कुल चलेका छन् । पुरै बन्द नै हुँदैन । अभिभावकमा विद्यालय छनौट गर्न पाउने अधिकार हुन्छ । सरकारले सीमा तोक्न मिल्दैन । 

विद्यालयस्तरको शिक्षालाई आधारभुत र माध्यमिक दुई तहमा विभाजन गरेपछि अन्योलता बढेको हो ?

हो, अहिले त ट्रान्जिट प्वाइन्टको अवस्था छ । त्यसैले हामीलाई पनि अन्यौलता रहेको छ । पाठ्यक्रम नयाँ यही वर्षबाट लागू गर्ने भनेको छ । फयाकल्टी खारेज गर्ने भनेको छ । राष्ट्रिय परीक्षा बोर्डले हैन पूरानै गर्ने भनेको छ । अहिले नै यसै हुन्छ भन्न सकिने अवस्था छैन ।  

अहिले एसइइको रिजल्ट हुँदै छ । ११ कक्षामा भर्ना हुन आउने विद्यार्थीहरुलाई के भन्नुहुन्छ ?

यो समय भनेको उर्जावान समय हो । यो समयको महत्व ठूलो रहेको छ । स्कीलको कुरा सिक्नुप¥यो, लाइफ स्कीलको कुरा सिक्नुप¥यो, भित्रबाट मोटिभिसन हुनुप¥यो । म भित्र के स्कील छ ? त्यसलाई म कसरी प्रयोग गर्न सक्छु भन्ने कुरा जान्नुप¥यो । त्यसको लागि त्यस्तै स्कूल र कलेज छान्नुप¥यो । व्यवसायमुखी सेवा गर्ने स्कुलहरुमा जानु हुँदैन । जुन विद्यालयले आफ्नो जीवनलाई परिवर्तन गर्न सकिन्छ त्यही विद्यालय छानेर अध्ययन गर्नुप¥यो । लहैलहैमा लागेर होइन, विद्यालय छान्दा आफूलाई परिवर्तन गर्ने हिसावमा छान्नको लागि म सबै विद्यार्थीलाई अनुरोध गर्न चाहन्छु । 

प्रस्तुति : नवदीप अनजबी

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com