काठमाण्डौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने समय भई नसकेको बताएका छन् ।
सो कुरा उनले शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् । उनले अहिले नै संविधानको पुनःमूल्यांकनको समय नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जानेपर्ने समय भएको बताए । सरकारले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै उनले यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।
अहिले नै संविधानलाई पुनःमूल्यांकन गर्ने समय भएको छैन । त्यसैले यसलाई अहिले लागू गर्नेतिर हामी जानुपर्ने पूर्वाराष्ट्रपति यादवले बताए । देशमा एकाध चुनावहरु हुन्, राम्रोसँग यो संविधान लागू होस् त्यो हामी चाहन्छौं । हामीले निमार्ण गरेको संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ । हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे मात्रै हाम्रो देश सफल हुनसक्ने यादवले बताए ।