गणेश चोकमा श्रीमद् भागवत महापुराण जारी

रामेछाप । रामेछाप नगरपालिका–८ बाबियाखर्क स्थित गणेश चोकमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ ।

यहि वैशाख १९ गतेबाट शुरु भएको उक्त श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ वैशाख २७ गते सम्पन्न हुने रामेछाप नगरपालिका–८ बाबियार्खकका बद्री प्रसाद घिमिरेले जानकारी दिए ।

बाबियाखर्कका स्थानिय दामोदर घिमिरेले व्यक्तिगत लगानीमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाएका हुुन् । काश्यप गोत्र घिमिरे थरका समस्त पितृहरुको वैकुण्ठवासको कामना गर्दै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाइएको हो ।

Scroll to Top