समाजबादी प्रेस संगठनको अध्यक्षमा–खत्री

रामेछाप । नेकपा एस निकट पत्रकारको संगठन समाजबादी प्रेस संगठन नेपाल रामेछापको अध्यक्षमा पत्रकार कैलाश खत्री चुनिएका छन् ।

सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले खत्रीको अध्यक्षतामा समाजबादी प्रेस संगठन नेपाल रामेछाप गठन गरेको हो । उक्त नवगठित संगठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधान‌, सदस्यमा सुजिता केसी र भवानी खड्का चुनिएका छन् ।

यस अघि समाजबादी प्रेस संगठन नेपाल रामेछापको तदर्थ समितिको संयोजक चन्द्र बुढाथोकी रहेका थिए । संयोजक बुढाथोकीले समाजवादी प्रेस संगठनले दिएको समयसिमा भित्र बसेर संगठनको प्रथम जिल्ला भेलाको आयोजना गरेका हुन् । हाल अध्यक्षमा चुनिएका खत्री नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष समेत हुन् ।

Scroll to Top