रामेछाप । मन्थली नगरपालिका–१ हाटेचौर नजिकै तामाकोशी नदी किनारमा तैरिरहेको अवस्थामा शनिवार दिउँसो एक पुरुषको शव फेला परेको छ ।
नदी किनारमा घोप्टो अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०/४५ वर्ष उमेर समुहको रहेको छ । वेवारिशे अवस्थामा फेला परेको उक्त शवको कुनै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक दिलिप कुमार थापाले जानकारी दिए ।
वेवारिशे उक्त शव हाल पोष्टमार्टमको लागि मन्थली अस्पतालमा राखिएको छ । प्रहरीले उक्त शव कस्को हो भन्ने एकिन गर्न सकेको छैन् ।
Post Views: 100