मगर संघ र घेदुङले गरे रामेछापमा बिरोध प्रर्दशन

रामेछाप । अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगाएत जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल मगर संघ र घेदुङ लगाएत रामेछापका आदिवासी जनजातिहरुले सयुंक्त रुपमा रामेछापमा सोमवार विरोध प्रर्दशन गरेका छन् ।

मगर संघ र घेदुङ रामेछापले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा विरोध प्रर्दशन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष लालवहादुर मगरले जानकारी दिए ।

उनले भने– शितल भन्ने अभिवक्ता भगवती पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकप्पीत र भ्रामक र तथ्यहिन अभिव्यक्तिले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेकाले उक्त अभिव्यक्ति प्रति आन्दोलनमा उत्रनु परेको बताए ।

अधिवक्ता भगवती पाण्डे (शितल) ले साउन ७ गते एक टेलिभिजनमा दिएको विवास्पद अभिव्यक्ति विरुद्ध मगर र तामाङ्ग समुदायले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले मगर र तामाङ्ग समुदायलाई अपराधीकरण गर्नेगरी दिएको अभिव्यक्ति दिने अधिवक्ता पाण्डे बिरुद्ध मगर र तामाङ्ग समुदायले शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले अनावश्यक रुपमा बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिएकाले यातना दिने प्रहरीलाई कानुन अनुसार कारवाहीको समेत माग गरेका छन् ।

आफुहरुले राखेको मागलाई वेवास्था गरी प्रहरी दमन भइराखे आफुहरु विभिन्न चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरुले दिएका छन् । अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति र शान्तिपूर्ण आन्दोनमा उत्रिएका मगर र तामाङ्ग समुदायलाई अनावश्यक रुपमा प्रहरीले धरपकड गरी दुःख दिने प्रहरीलाई कारवाहीको माग राख्दै रामेछापका आदिवासी जनजातीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरी केही समय कार्यालयमा धर्ना बसेर आफ्ना माग सहितको ज्ञापनपत्र समेत बुझाएका हुन् ।

Scroll to Top