रामेछाप कारागारमा एक कैदीको ज्यान गयो

रामेछाप । कारागार कार्यालय रामेछापमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गर्दै आएका एक कैदी बन्दीको ज्यान गएको छ ।

जिल्लाको उमाकुुण्ड गाउँपालिका–६ रोटेका वर्ष ८४ का पदमबहादुर श्रेष्ठको गएराती ज्यान गएको हो । कारागारमा कैद भुक्तान गर्दै गरेका श्रेष्ठ बाथरुम जादा लडेर घाइते भएका थिए । घाइते श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारको लागि तत्कालै जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गएराती मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए ।

कैदी वन्दी श्रेष्ठ प्यारालाइसिस र प्रेसरका विरामी थिए । उनले नियमित रुपमा प्रेसरको औषधी सेवन गर्दै आएका थिए । जर्वजस्ती करणी उद्योग मुद्धामा श्रेष्ठलाई जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार उनलाई २०७७ असार २८ गते कारागार रामेछापमा चलान गरिएको थियो ।

Scroll to Top