आँगनमा लडेर एक महिलाको मृत्यु

रामेछाप । आफ्नै घरको आगँनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ विजुजीकोट कोलडाँडाकी ४५ बर्षिया सरिता तामाङको घटनास्थलमै मृत्यु गएको छ ।

गएराती घरबाट आँगनमा निस्किएकी सरिता अकस्मात चिप्लिएर लड्दा उनको टाउँको भुइमा बजारीएको थियो । आँगनमा अकस्मात लडेकी सरितालाई लडेको परिवारका सदस्यले देखेपछि उनलाई उठाउन खोज्दा उनको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । घटनाको बिषयमा परिवारका सदस्यले इलाका प्रहरी कार्यालय धोवीडाँडामा खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव पोष्र्टमार्टमको लागि मन्थली अस्पतालमा पठाएको छ ।

घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान अघि वढाएको छ । मृतकका छोरा बाहिरी जिल्लामा भएकाले शव पोष्र्टमार्टम हुन वाँकी रहेको र आजै शब पोष्र्टमार्टम गरी दाहसंस्कारको लागि शव आफन्तलाई जिम्मा लगाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए ।

Scroll to Top