बृहत् खानेपानी आयोजना मन्थलीमा

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा त् खानेपानी आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारको बहुबर्षिय योजना अन्र्तगत ४९ करोड रुपियाँको लागतमा २ हजार १ सय घर धुरीलाई खानेपानि पुर्याने गरि काम भइरहेको छ ।
तामाकोसीको पानीलाई लिफ्ट गरेर मन्थली नगरपालिकाको वडा नं ७ भटौली, वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँका दुई हजार १ सय घर धुरीलाई शुद्ध पिउने पानी पु¥याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना मार्फत आयोजना सञ्चालन भइरहेको छ ।
नगरपालिका भित्रका अति सुख्खा ग्रस्त वडा नं ७ भटौली, वडा न. ८ चिसापानी र वडा नं ९ पुरानागाउँका २ हजार १ सय बढी घरमा खानेपानीको धारा पु¥याउने गरी सङ्घीय सरकारबाट योजना सञ्चालन भइरहेको वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । ‘नगरपालिकाको यी तीन वटा वडा अति सुख्खा ग्रस्त वडाहरू हुन्, यहाँका नागरिकलाई वर्षाको समयमा पनि खानेपानीको समस्या हुन्छ, जहाँ तामाकोसीको पानी लिफ्ट मार्फत तानेर जनतालाई खानेपानी पु¥याउनुको विकल्प छैन,’ श्रेष्ठले भने ।
लामो समयको प्रयासपछि सङ्घीय सरकारको बहुबर्षिय योजना मार्फत ४९ करोड रुपियाँ लागतमा गत वर्षबाट सञ्चालन भइरहेको छ । आयोजनाको अहिलेसम्म १५ प्रतिशत भन्दा बढी काम भएको जानकारी दिए ।
मन्थली नगरपालिका–७ भटौलीको तामाकोसी नदिबाट लिफ्ट मार्फत पानी तानेर वडा नं ८ चिसापानीको सबै भन्दा अग्लो ठाउँ चिसापानी गढीमा पु¥याइने छ । लिफ्ट प्रविधिबाट भटौलीको मुगिटार बाट चिसापानी गढीसम्म पानी पु¥याउनका लागि विभिन्न पाँच स्थानमा ट्याङ्कीहरू निर्माण गरिनेछ । त्यसपछि तीन वटा वडाहरू ७, ८ र ९ मा पानी वितरणका लागि विभिन्न साइजका २४ वटा ट्याङ्कीहरू निर्माण हुनेछन् ।
यो आयोजना २०८१ साल असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको छ । आयोजना सम्पन्न भएपछि वर्षाको समयमा समेत खानेपानीको चरम समस्या भोग्दै आएका मन्थली नगरपालिका वडा नं ७ भटौली, वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँका नागरिकले खानेपानीको सुविधा पाउनेछन् । अहिले यो आयोजना अन्तरगत मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँको साबिक वडा नं १ देखि वडा नं ८ सम्म खानेपानी सेवा पु¥याउन विभिन्न स्थानमा ट्याङ्की निर्माण कार्य भइरहेको वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले जानकारी दिए ।

Scroll to Top