कानुन व्यवसायी दोङको निधन

रामेछाप । कानुन व्यवसायी एवं नेपाल वार एशोसिएसन रामेछापका निर्वतमान अध्यक्ष विचार सिं दोङको गएराती हृदयघातवाट निधन भएको छ ।

उनी आफ्नै कोठामा सुतिरहेको अवस्थामा अकस्मात छातीमा समस्या देखिएपछि गएराती नै उनलाई उपचारको लागि तामाकोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा नै ज्यान गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कानुन व्यवसायी दोङ लामो समयदेखी रामेछापमा नै बसेर कानुनी क्षेत्र र मानव अधिकार सञ्जालको क्षेत्रमा रहेर काम गर्दै आएका थिए । निकै सरल र मिजासिला स्वभावका दोङ कानुनी क्षेत्रमा धेरै नागरिकको रोजाइमा पर्ने गरेका थिए ।

Scroll to Top