रामेछाप । रामेछापको सुख्खा क्षेत्रमा निमार्ण गरिएको प्लाष्टिक पोखरी किसानहरुको लागि बरदान सावित भएको छ ।
प्रयाप्त पानी नपर्दा सुख्खा रहेका क्षेत्रमा प्लाष्टिक पोखरी निमार्ण भएपछि वर्षातको समयमा परेको पानी जम्मा गर्ने हिउँदको समयमा उक्त पानी प्रयोग गरेर तरकारी लगाएर उत्पादन गर्न थालेपछि अन्य किसानहरुको रोजाइमा पनि प्लाष्टिक पोखरी पर्न थालेको हो । जिल्लाको अधिकासं भूूभाग भिरालो पाखो जमीन रहेको हुँदा वर्षातमा पनि परेको पानी बगेर तल झर्ने गर्दा भिरालो जमिन सधै सुख्खा नै हुने गर्दथ्यो ।
भिरालो पाखो जमीन रहेको ठाउँठाउँमा प्लाष्टिक पोखरी निमार्ण गर्ने र केही ठाउँमा ठूलो आहाल निमार्ण गरेर वर्षातको पानी संकलन गर्न थालेपछि अहिले पाखो जमिन पनि हराभरा हुन थालेको छ । पाखो र भिरालो जमीनमा प्लाष्टिक पोखरी र आहाल निमार्ण गर्दा पानी संकलन हुने र उक्त पानी वस्तुुभाउ र अन्य जंगली जनावरलाई पनि हुने र तरकारी लगाउन पनि सहज हुने गरि साविकको कृषि विकास कार्यालयले पोखरी निमार्ण गरिदिएपछि किसानमा खुशीयाली छाएको हो ।
पहिला गाउँमा पानीको समस्या हुँदा जमीन भएर पनि सधै वजारवाट तरकारी किनेर खानुपर्ने वाध्यता थियो । अहिले घर नजिकै प्लाष्टिक पोखरी निमार्ण गरेपछि वर्षातको पानी संकलन गरेर राखेका छौं । त्यही संकलन गरेको पानीवाट अहिले घर वरपर तरकारी लगाएर हराभर बनाएका छौं, आफैले उत्पादन गरेको तरकारी भान्सामा प्रयोग गर्दै आएको मन्थली नगरपालिका– २ की दिलमाया श्रेष्ठले जानकारी दिइन ।
उनले भनिन्– गाउँमा पानी नहुँदा धेरै दुःख पायौं । तरकारी लगाउने त कुरै छाडौं, मान्छेलाई पानी खान समेत समस्या थियो । पहिला भएका घर छेउका पानीको मुहान सुक्दै गएपछि घर भन्दा केही पर खोलावाट पानी ल्याएर खान वाध्य थियौं । घर छेउको जग्गा पानी नभएकै कारण बाझै छोड्दै आएका थियौं । तर अहिले घर छेउमा प्लाष्टिक पोखरी निमार्ण गरेपछि वर्षातमा परेको आकाशे पानी जम्मा पारेर तरकारी खेती गर्न पाउँदा ज्यादै खुशी लागेको किसान श्रेष्ठ वताउँछीन ।
पाखो जमीनमा पोखरी निमार्ण भएपछि किसानहरुलाई तरकारी खेती, पशुुपंक्षीलाई पानी खुवाउन मात्रै सहज भएको छैन् । यसवाहेक भुकम्पपछि घर पुर्ननिमार्ण गर्न र आगलागी भएको समयमा निभाउन समेत उक्त पोखरीको पानी प्रयोग गर्दै आएको खाँडादेवी गाउँपालिका–३ भिरपानीका डिलवहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने– पहिला प्रसस्तै जमीन भएर पनि पानीको अभावमा तरकारी किन्न वजारको भर पर्नुपर्ने वाध्यता थियो । तर जब प्लाष्टिक पोखरी निमार्ण गर्यो, त्यसपछि तरकारी किन्न वजार जानुपरेको छैन् । अहिले घर छेउमै आलु, प्याज, लसुुन, गोलभेडा लगाएतका तरकारी मनग्ये लगाएका छौं । कुनै महिना पोखरीमा पानी कम हुँदा ट्याक्टरवाट ल्याएर पोखरीमा खन्याएर जम्मा गर्ने गरेका छौं । यसवाट म जस्तै गाउँका धेरै किसानहरुलाई फाइदा पुुगेको श्रेष्ठ बताउँछन् ।
भिरालो र पाखो जमीनमा वर्षातमा परेको पानी नअडीदा सधै सुख्खा रहने जमीनलाई सिंचाई गर्न प्लाष्टिक पोखरी र आहाल निमार्णले किसानलाई धेरै ठूलो राहात पुुगेको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । उनले भने– केही नागरिकहरुले वडा कार्यालयमा प्लाष्टिक पोखरीको माग गरेका छन् । यसलाई वडाले आगामी वर्षको वजेटमा सम्वोधन गर्ने गरि कार्यक्रम अघि वढाइने छ । प्लाष्टिक पोखरी निमार्ण गर्दा वडाका धेरै नागरिकहरुले यसवाट प्रसस्त फाइदा लिन सक्ने भएकाले यो प्रभावकारी हुनसक्ने पनि अध्यक्ष कार्कीले बताए ।