
रामेछाप । रामेछाप नगरपालिकाले आइतवार शोक विदा दिएको छ । शनिवार वनभोज खानेक्रममा नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएको थियो । सोही घटनालाई लिएर रामेछाप नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै शोक बिदा दिने निर्णय गरेको हो ।


रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शनिबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनमा आइतबार एकदिन शोक बिदा दिने जनाएका छन् । आइतबार पालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने र पालिका अन्तर्गतका सबै स्वास्थ्य चौकी, सामुदायिक विद्यालयहरुमा समेत शोक बिदा दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Post Views: 109