बलेरो दुर्घटनामा वडा अध्यक्ष सहित ५ को मृत्यु, तीन घाइते

रामेछाप । काठमाण्डौंबाट यात्रु लिएर रामेछापको गोकुलगंगा गाँउपालिकाकों–४ बेताली तर्फ जादै गरेको ना १ ज ७१२३ नम्वरको बलेरो (फोर्स) गाडी दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान गुमाउनेमा गाडी चालक मन्लथली नगरपालिका–९ पुरानागाउँका ३५ वर्षिय हिरा बहादुर कार्की, गोकुलगंगा गाउँपालिका–५ नामाडीकी ३० बर्षिया कबिता कार्की (खड्का) र उनकी ७ वर्षकी छोरी स्वस्तीका कार्कीको पहिचान खुलेको छ भने मृतक एकजनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए ।

गाडी दुर्घटनामा परी घाइते हुनेहरुमा कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका ४२ वर्षिय केशव शर्मा, रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ बर्षिय सरस्वती कार्की र नामथर खुल्न नसकेको अन्दजी ४ वर्षिय वालक घाइते रहेका छन् । घाइतेहरुको घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारपछि थप उपचारको लागि तीनै जना घाइतेलाई एम्वुलेन्स मार्फत काठमाण्डौं पठाइएको पनि प्रहरीले जनाएको छ ।

आज दिउँसो काठमाण्डौंबाट यात्रु लिएर गोकुलगंगा गाउँपालिकाको बेताली जाँदै गरेको उक्त जिप गाडी सोही वडाको सिमलडाडा स्थित सडकवाट अनियन्त्रीत भई सडकवाट करिव ३ सय मिटर तल भिरमा खसेको थियो । गाडी दुर्घटनापछि स्थानिय र प्रहरीहरुले मृतक र घाइतेको घटनास्थलवाट उद्धार गरेका थिए । मृतकको शव पोष्टमार्टमको लागि मन्थली अस्पतालमा ल्याएको छ ।

Scroll to Top