गाडी दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

रामेछाप । शुक्रवार दिँउसो गोकुलगंगा गाउँपालिका–६ फर्पुको सिमलडाँडा भिरमा ना १ ज ७१२३ नम्वरको फोर्स (जिप) गाडी दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।

गाडी दुर्घटनामा परी पाँचजनाको घटनास्थलमा नै ज्यान गएको थियो । ज्यान गुमाउनेमा रामेछापको गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, गोकुलगंगा–५ की ३० वर्षीया कविता कार्की(खड्का), उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्काको ज्यान गएको हो ।

त्यसैगरी सोही दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंग–४ की साबिना बिक गजमेर र गाडी चालक रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ फोस्रे घर भएका ३५ वर्षीय हिराबहादुर कार्कीको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी कास्कीको लेखनाथ नगरपालिका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की र मृतक सबिनाका छोरा ४ वर्षीय सवीन बिक घाइते भएका छन् । घाइते मध्य बालिकाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि गएराती नै तीनैजनालाई काठमाण्ठौं पठाइएको छ । गाडी सडकबाट ३ सय मिटर जति तल भिरमा खसेको थियो । गाडी दुर्घटना के कती कारणले भयो भन्ने एकिन अझै हुन सकेको छैन् ।

Scroll to Top