रामेछापका तीन सडक कालोपत्रे हुने

रामेछाप । जिल्ला भित्रका सडकहरु मध्ये रणनैतिक रुपमा महत्वपूर्ण मानिएका तीन सडक कालोपत्रे हुने भएको छ ।
महत्वपूर्ण मानिएका तीनवटा सडक कालोपत्रे गर्ने गर्ने गरी बागमती प्रदेशको बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले आवश्यक वजेट सहित बहुुबर्षिय गुुरु योजना स्वीकृत गरेको छ । सो मन्त्रालयले सदरमुकामबाट स्थानीय तहको प्रमुखख सडकलाई प्राथमिकता दिएर आवश्यक वजेट विनियोजन गरेको हो ।
मन्त्रालयले स्वीकृत गरेका तीन सडक योजनाहरुमा लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुुङको हलेदेवेशीवाट धोबी हुँदै शिरिषे र लिखुु कोरिडोर (कोलोन्जोर घाट, साँघुुटार खण्ड) सडक र गोकुलगंगा गाउँपालिका–३ रस्नालुु देखी वडा नं १ को चुचुरेको गज्याङ्गसम्म सडक कालोपत्रे गर्ने भएको हो । सडक कालोपत्रे गर्नको लागि मन्त्रालयले प्रति सडक २० करोडको दरले तीनवटा सडकको लागि ६० करोड वजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले महत्वपूर्ण ठानेर रणनैनिक योजनाको रुपमा राखेको लिखुु तामाकोशी गाउँपालिकाले हलेदेवेशी, धोबी हुँदै शिरिषे सडक बजेट अभावमा वर्षौदेखी अलपत्र रहँदै आएको उक्त सडक कालोपत्रे गर्न प्रदेश सरकारले वजेट विनियोजन गरेकोमा धेरै खुशी लागेको लिखुु तामाकोशी गाउँपालिकाका प्रमुख केशव महतले जानकारी दिए ।
उनले भने– स्थानिय तह गठन भएको पनि करिव ६वर्ष बित्यो । स्थानिय तहमा यसअघिका गाउँपालिकाका प्रमुखले यस सडकलाई मेरुदण्डको सडकको रुपममा राखेर कालोपत्रे गर्ने काम गराउन सक्नु भएन । स्थानिय तहमा दोस्रो कार्यकालको रुपमा हामी निर्वाचित भएर आएसँगै यस सडकलाई कसरी कालोपत्रे गर्न सकिन्छ भनेर प्रदेश र संघिय सरकारसँग नियमित सम्र्पकमा रहेका थियौं । हाम्रो निरन्तर प्रयासमा यसपटक पालिका भित्र रहेका दुुईवटा सडक कालोपत्रे गर्न आवश्यक वजेट सुनिश्चित भएसँगै सिङ्गो गाउँपालिकाका नागरिकमा हर्ष छाएको प्रमुख महतले बताए ।
लिखुु तामाकोशी गाउँपालिकाको हलेदेवेशी हुँदै शिरिषेसम्म पुुग्ने सडकबाट छिमेकी जिल्ला ओखलढुुङ्गाका नागरिकहरु पनि यस सडक निमार्ण भएपछि करिव ३ गाउँपालिकाका नागरिकहरु प्रत्यक्ष लाभान्वीत हुने भएका छन् । त्यस्तै गोकुलंगगा गाउँपालिकाको रस्नालु देखी चुचुरेसम्मको सडक कालोपत्र हुँदा छिमेकी जिल्ला दोलखा र सोलुका नागरिकहरुले समेत सहज यात्रा गर्न पाउने भएका छन् ।

Scroll to Top