रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिड्ेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् ।
मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ नै छाडेर स्थानीय भटौली खोला किनारमा बसाई सरेका हुन् । पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् ।
गाउँमा भएको खानेपानीको मुल सुकेपछि खानेपानीको चरम अभाव व्यहोर्दै आएका त्यस गाउँका अन्य घरपरिवार पनि विस्थापीत हुने अवस्थामा रहेका छन् । बसाई सरेर वाँकी रहेका घरपरिवारका सदस्यहरुलाई अब बसाई कुन स्थानमा सर्ने हो भन्ने चिन्ताले सताएको स्थानिय शिववहादुर कार्कीले वताए ।
खानेपानी समस्याकै कारण गाउँ छोडेर खोला किनारमा झरेका स्थानियहरुलाई खोला किनारको बसाई पनि सुरक्षित नभएको बताएका छन् । भर्खरै खोला किनारमा वस्ती सरेका स्थानियहरुलाई वर्षातको भेलले सताउने चिन्ता एकातिर छदै छ भने अर्कोतिर सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर वसेका उनीहरुलाई नगरपालिकाले हटाइ हाल्यो भने कहाँ गएर वस्ने भन्ने चिन्ताले आफुहरुलाई झनै सताएको छत्रवहादुर मुग्राती बताउँछन् ।
उनी भन्छन् अन्त जाउँ भने कतै बस्ने ठाउँ नै छैन् । जग्गा जमिन किनौ भने आफुसँग पैसा नै छैन् । कसैले तिमीहरुले दुःख पायौ भनेर जग्गा दिदैनन् । हामी जस्ता गरिव त वाँच्न नै गाह्रो हुने भयो । चुनावमा नेतालाई भोट दिएर जिताएता पनि गाउँमा अहिलेसम्म पानीको वन्दोवस्त गर्न नसकेको प्रति मुग्रातीको गुनासो छ ।
खानेपानीको समस्या रहेको बस्तीका लागि बृहत खानेपानी योजना मार्फत पानी पु¥याउने योजना वडा कार्यालयले अघि सारेर भटौली खोला किनारमा इनार निमार्ण गरी उक्त पानी विद्युतीय माध्यमवाट लिफ्ट प्रणाली मार्फत भटौलीको डाँडामा पुर्याई उक्त स्थानमा रिर्जभ ट्याङ्की निमार्ण गरी बितरणको गर्ने गरी काम भइरहेको मन्थली नगरपालिका–६ भटौलीका वडा अध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिए ।